एनएमबी बैंकको मर्चेन्ट क्युआरमा १००० रुपैयाँ बोनस

बुधबार, चैत १, २०७९

काठमाडौं– एनएमबी बैंकले आफ्नो मर्चेन्टका लागि क्युआरमा १००० रुपैयाँ बोनस अफर लिएर आएको छ । विद्युतीय माध्यमद्वारा भुक्तानी प्रोत्साहन गर्ने उद्देश्यले क्युआरमा बोनस अफर बैंकले दिएको हो ।

बैंकमा खाता खोलिसकेका मर्चेन्टहरू तथा नयाँ मर्चेन्टहरूले १००० रुपैयाँ भन्दा माथिको क्युआरमार्फत पहिलो भुक्तानी लिँदा १००० रुपैयाँको बोनस जित्ने मौका पाउने छ ।

यो योजना  १५ फागुनदेखि नै सुरु भइसकेको छ । योजनामा सहभागी हुन मर्चेन्टको एनएमबी बैंकमा करेन्ट अकाउन्ट हुनुपर्ने छ ।

एनएमबी बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था हो । बैंकले द फाइनान्सियल टाइम्स, लण्डनको द ब्यान्करपत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भइसकेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेकको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १४:५४
प्रतिक्रिया दिनुहोस्