लघुवित्त र मिटरब्याजी पीडितहरू आन्दोलित

मंगलबार, फागुन ३०, २०७९

काठमाडौँ-लघुवित्त र मिटरब्याजी पीडितहरूले मङ्गलबार काठमाडौंमा आन्दोलन गरेका छन् । लघुवित्त वित्तीय संस्थाहरूको विरोधमा माइतीघर मण्डलामा भेला भएर पीडितहरूले विरोध प्रदर्शन गरेका हुन् । विभिन्न जिल्लाबाट काठमाडौं आएका उनीहरुले संयुक्त विरोध प्रदर्शन गरेका छन् । 

५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरू भेला भई संयुक्त आन्दोलन गरेको बताएका छन् । उनीहरूले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरूलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन् ।

लघुवित्तीय संस्थाहरूले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गरेको प्रति सदस्य ५ रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २÷३ पटक पुनःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणीहरू बाहेकका विभिन्न नाममा गरिएको वचतकर्ताहरूको रकम हिसाब गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । आन्दोलनमा सहभागीहरूले समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १६:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार