नेभिगेशन
समाचार

भीम रावलको प्रश्न– जनताको सरकार होइन?

काठमाडौं –नेकपा एमालेका नेता डा. भीम रावलले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाली किसानको हितमा काम नगरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा मंगलबार सरकारमाथि टिप्पणी गर्दै रावलले यो जनताको सरकार होइन भन्दै प्रश्न गरेका छन् ।  

‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने नीति के हो ?’ भन्दै उनले प्रश्न गरेका छन् ।

‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ,’ रावलले लेखेका छन्,‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैंची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?!’

Capture1678783286.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार