स्ववियु निर्वाचन

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

सोमबार, फागुन २९, २०७९

काठमाडौं –त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।  

यसअघि आइतबार उम्मेदवारको नामावली उपर दाबी विरोध र नामावली प्रकाशन गर्ने कार्यतालिका थियो । शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन् । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गरिएको छ । प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उमेदवार बन्न पाउने छन् । 

स्ववियु निर्वाचन अन्तर्गत मतदान चैत ५ गते हुँदै छ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा हुनेछ ।

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्