राष्ट्रपति भण्डारी आज निजी निवासमा सर्दै

सोमबार, फागुन २९, २०७९

काठमाडौं –राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार निजी निवास सर्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरण गरेपछि उनी शीतलनिवास छोड्ने भएकी हुन् । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीका अनुसार भण्डारीले सोमबार नै नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पद हस्तान्तरणसँगै निवास छोड्ने तयारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीका लागि बूढानीलकण्ठमा निवास तयार गरिएको छ । शीतलनिवासबाट बाहिरिएपछि भण्डारी त्यही निवासमा बस्ने छिन् ।

यसैबीच, राष्ट्रपति भण्डारीले आइतबार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतलनिवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी थिइन् ।  

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्