राष्ट्रियसभाको बैठक चैत ८ गतेलाई सर्‍यो

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– सोमबारका लागि तोकिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । 

राष्ट्रियसभाको सचिवालयले आज सूचना जारी गरी भोलि २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ । 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १८:३१
प्रतिक्रिया दिनुहोस्