कंगोमा १९ सर्वसाधारण मारिए

आइतबार, फागुन २८, २०७९

बेनी– प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूहले गएराति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले जानकारी दिए । 

एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् ।

दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १६:५८
प्रतिक्रिया दिनुहोस्