नेभिगेशन
समाज विविध

सिन्धुली बस दुर्घटना अपटेड : ३ जनाको सनाखत

काठमाडौँ– मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा बस दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये ३ जनाको सनाखत भएको छ ।

उक्त दुर्घटनामा ३ महिला र ३ पुरुषको मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२ का ३४ वर्षीया कुमारी मगर छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन । 

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा२ख ६५९६ नम्बरको बस आज बिहान दुर्घटना भएको हो ।

बसमा चालकसहित ३६ यात्रु सवार थिए । १६ जना घाइतेलाई उपचारका लागि काठमाडाँै पठाइएको सिलवालले जानकारी दिए । तीमध्ये ८ जनालाई हेलिकोप्टरमा तथा ८ जनालाई एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौँ लगिएको हो ।

सामान्य घाइते १४ जनाको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसको ब्रेक फेल भई अन्यन्त्रित हुँदा भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध