नेपालले दियो युएईलाई २४९ रनको लक्ष्य

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– क्रिकेट विश्वकप लिग– २ अन्तर्गत जारी खेलमा नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ ।

नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको छ ।

नेपालले खराब सुरुवात गरेको थियो । ७.१ ओभरमा नै ३ विकेट गुमाइसकेको थियो ।

नेपालले १.५ ओभरमै ओपनर आरिफ शेखलाई गुमायो । उनी शून्य रनमा आउट हुँदा नेपालको २ रनमात्र थियो ।

यस्तै, ४.३ ओभरमा नेपालले अर्को ओपनर कुशल भुर्तेललाई गुमायो । उनी ८ रन बनाउँदै आउट हुँदा नेपालले १२ रन बनाएको थियो ।

यसैगरी, तेस्रो क्रममा आएका कुशल भुर्तेल पनि ७.१ ओभरमै आउट भए । उनी ९ रन बनाउँदै आउट हुँदा नेपालले २२ रन बनाएको थियो । 

त्यसपछि चौथो क्रममा आएका कप्तान पौडेलले इनिङ्स सम्हाले । उनले अर्धशतकीय पारी खेल्दै ७७ रन बनाएपछि नेपाललाई केही राहत भयो ।

छैटौँ क्रममा आएका आरिफ शेखले ४३ रन बनाए । यस्तै, गुल्शन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान दिए ।

यस्तै, सन्दीप लामिछानेले र सोमपाल कामीले समान २ रन बनाए । अविजित रहेका ललित राजबंशीले रन जोड्न सकेनन् ।

केहीबेरपछि युएईले ब्याटिङ गर्नेछ ।   
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १३:१७
प्रतिक्रिया दिनुहोस्