नेभिगेशन
समाचार

आयोगको निर्णयमा जसपाको स्वागत, प्रमिलाको उम्मेदवारी फिर्ता हुने

काठमाडौँ– निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेपछि जसपाबाटै उम्मेदवारी दिएकी प्रमिला यादवको उम्मेदवारी फिर्ता लिने भएकी छिन् ।

जसपा प्रवक्ता मनिष सुमनका अनुसार आयोगले दिएको समय सीमाभित्रै उम्मेदवारी फिर्ता लिने छिन् । 

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए ।

तर, आयोगले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको छ ।

यसैबीच, जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवको उम्मेदवारी कायम राख्ने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ । 

उपराष्ट्रपतिका उम्मेदवार यादवको उम्मेदवारी कायम राख्ने निर्णय भएलगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा जसपाका सांसद प्रदीप यादवले भने, ‘निर्वाचन आयोगको निर्णयलाई म स्वागत गर्न चाहन्छु । निर्वाचन आयोगले संविधान सम्मत काम गरेको छ । यो निर्णयको जसपा स्वागत गर्दछ ।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार