स्ववियु निर्वाचनअन्तर्गत दाबी विरोध आज 

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावलीउपर दाबी विरोधको कार्यक्रम छ ।

चैत ४ गते त्रिभुवन विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सो समय तोकिएको त्रिविले जनाएको छ ।

यसैगरी उम्मेदवारमाथिको दाबीमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:४९
प्रतिक्रिया दिनुहोस्