नेविसंघ काठमाडौँको अध्यक्षमा मनीष डंगोल

आइतबार, फागुन २८, २०७९

काठमाडौँ– नेपाली कांग्रेसको  भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनीष डंगोललाई जिम्मेवारी दिएको छ ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र संगठनको जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि शनिबार डंगोललाई जिम्मेवारी प्रदान गरेका हुन् । डंगोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन् ।

अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संगठनको विधान २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डंगोललाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।

नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास आफूले लिएको अध्यक्ष शेर्पाले बताए ।

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्