Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुग्यो

आइतबार, फागुन २८, २०७९

जकार्ता– इन्डोनेसियाको पश्चिमी प्रान्त नाटुना रिजेन्सीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

samridhi jewllers

विपद् न्यूनीकरण निकाय (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले पहिरोमा परी मृत्यु हुनेको संख्या शनिबार ३६ पुगेको जानकारी दिएका हुन् ।

‘पहिरोमा पुरिएका ३६ जनाको शव निकालिएको छ । यसबीचमा हराइरहेका १८ जनाको खोजी कार्य जारी छ,’ मुहारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

लगातारको भारी वर्षाका कारण सोमबार दिउँसो पहिरो खसेको हो । पहिरोपछि तीन वटा गाउँ पुरिएको र एक हजारभन्दा बढी मानिसले अस्थायी आश्रय लिएका बताइएको छ । इन्डोनेसियामा सामान्यतया वर्षायाममा ठुलो बाढी र पहिरोजस्ता थुप्रै जल उत्पन्न प्रकोपहरू हुन्छन् ।  
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  ०५:३९
प्रतिक्रिया दिनुहोस्