आरआर क्याम्पसमा खुकुरी प्रहार गर्ने मनोज चन्द प्रहरी नियन्त्रणमा

शनिबार, फागुन २७, २०७९

काठमाडौँ– प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा खुकुरीसहित एक जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैतडी मेलौली नगरपालिका वडा नं. ३ घर भएका नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका मनोज चन्दलाई आज दिउँसो खुकुरीसहित जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विवादमा विद्यार्थीलाई खुकुरी प्रहार गर्ने एक जना विद्यार्थीलाई खुकुरीसहित नियन्त्रणमा लिएको बताएको छ । चन्दमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गृहमन्त्रालयले यस्ता घटना नियन्त्रणका लागि निगरानी गर्न र उच्छङ्खल गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयले यसअघि नै निर्देशन दिइसकेको छ । 

स्ववियु निर्वाचन आगामी चैत ५ मा हुँदैछ । 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्