स्ववियु निर्वाचनको टिकट वितरण गर्न नेविसंघले बनायो समिति

शनिबार, फागुन २७, २०७९

काठमाडौँ –आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको टिकट वितरण गर्न नेविसंघले समिति बनाएको छ ।

संघभित्र टिकट वितरणलाई सहज बनाउन फरक÷फरक समूहको प्रतिनिधित्व हुने गरी ३ समिति बनाइएको हो ।

समितिमा संस्थापन पक्षबाट नेविसंघ अध्यक्ष दुजाङ् शेर्पा छन् भने शेखर–गगन समूहबाट प्रेमिका राना छन् । अर्की सदस्य सिर्जना मल्ल पूर्व विद्यार्थी नेता हुन् ।

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि शनिबारबाट उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

नेविसंघभित्रको विवादका कारण उम्मेदवारको टुंगो लागिसकेको छैन ।


 

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्