एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ–विश्व प्रसिद्ध एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यसको बिक्री वितरण सुरु गरेको हो । नेपालको सडक एवं हावापानी सुहाउँदो एक्सप्लोर ब्याट्री विशिष्ट गुण एवं विशेषताले भरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार स्पिल प्र्रुफ डिजाइन गार्ड, ग्यास रिकम्बीनेसन प्रणाली एवं लिड क्याल्सिएम प्रविधिजस्ता अत्याधुनिक विशेषताहरू भएको यस ब्याट्रीमा पानी कहिल्यै थप्नु पर्दैन । फ्याक्ट्रीबाट नै चार्ज भएर आउने एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग पनि गरिएको कम्पनीको भनाइ छ । 

यसैगरी, ४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले यसको प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झटलाइ टाढा राखेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार