जब पाेलेकाे मकै खान ठेलाछेउ पुगे ओली [तस्बिर]

शुक्रबार, फागुन २६, २०७९

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सडकछेउमा पाेलेर बेच्न राखिएका मकै खाएका छन् । 

पार्टी कार्यालयबाट घर फर्किने बेलामा पाेलेकाे मकै खाएकाे उनले बताएका छन् । 

फेसबुकमा उनले लेखेका छन्, 'पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो ।'

331452657_755235322595736_5797702491288476924_n1678446268.jpg

331520702_2852092521587772_1082891718169406931_n1678446268.jpg

331529199_228089329578861_2604525981522890382_n1678446269.jpg

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १६:४६
प्रतिक्रिया दिनुहोस्