अनेरास्वियुको घोषणापत्र सार्वजनिक

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामा राज्यको लगानी वृद्धि गर्ने र निःशुल्क शिक्षाका लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्नेसहित स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचन केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठुला आंगिक क्याम्पसहरूलाई स्वायत्त विश्वविद्यालयका रूपमा स्थापना गर्न पहल गर्ने, संस्कृत भाषा, आयुर्वेद चिकित्सा र पुर्वीय दर्शनको शिक्षालाई सबैको पहुँचमा पु¥याउने र शैक्षिक पर्यटनको विषय बनाउन पहल गर्ने, ७७ वटै जिल्लामा कम्तीमा १ त्रिविको आंगिक क्याम्पस स्थापनाका लागि पहल गर्नेलगात उल्लेख छ ।

त्यस्तै, उच्च शिक्षामा छात्रवृत्ति कार्यक्रमलाई वृद्धि गर्न पहल गर्ने, लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन पहल गर्ने पनि घोषणापत्रमा समावेश गरिएको छ ।

सम्पूर्ण विश्वविद्यालयलाई अनिवार्य शैक्षिक क्यालेन्डर निर्माण गर्न र शैक्षिक क्यालेन्डरअनुसार कार्यक्रम लागू गर्न पहल गर्ने, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्नेलगायत विषय उल्लेख गरिएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए । 

त्यस्तै, अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरूलाई बन्दरहित सम्मानित क्षेत्रका रूपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिबद्धता जनाएको छ ।

आन्दोलनका नाममा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारीमाथिको व्यक्तिगत आक्रमण तथा दुव्र्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने पनि उसको प्रतिबद्धता छ ।

पूर्णपाठ :

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्