Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाउपाले अध्यक्ष श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

शुक्रबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एक सांसदले जनाए । 

सत्ता गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भए पनि नाउपाले पनि उम्मेदवार छानेको हो । 

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । यद्यपि उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी नलिन आयोगले निर्देशन दिएको बताइएको छ ।

उपराष्ट्रपति निर्वाचन आगामी चैत ३ गते हुँदै छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १३:०४
प्रतिक्रिया दिनुहोस्