Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डसँग बेलायती राज्यमन्त्री एन्नीको भेट

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्नी मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गरेकी छिन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नेपाल भ्रमणका क्रममा यसअघि उनी बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् । 

उनले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरिन् । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ ।

बुधबार नेपाल भ्रमणमा आएकी राज्यमन्त्री एन्नी आज स्वदेश फर्किंदै छिन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्