बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

शुक्रबार, फागुन २६, २०७९

काठमाडौँ– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । 

अघिल्लो दिन प्रतितोला रु एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार तीन सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख पाँच सय थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय २० कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार