नेभिगेशन
विश्व

रहेनन् भारतीय अभिनेता कौशिक

काठमाडौँ– भारतीय अभिनेता सतीश कौशिकको निधन भएको छ । ६६ वर्षको उमेरमा उनको हालै निधन भएको भारतका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हृदयाघातका कारण उनको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको बताइएको छ ।

सन् १९६५ मा हरियाणामा जन्मिएका कौशिक अभिनयसँगै लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

अमेरिकी अर्थतन्त्रमा गिरावट