Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले उपराष्ट्रपतिको उम्मेदवार, समसामयिक राजनीतिलगायतका विषयमा छलफल गर्न बिहीबार आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

पार्टी कार्यालय बालकुमारीमा दिउँसो ३ बजे बैठक बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार जसपाले बिहीबार बिहान आफ्ना सांसदहरूलाई पनि बालकुमारीमा उपस्थित हुन भनेको छ । 

पार्टी कार्यालयमा भेला भएर राष्ट्रपतिको उम्मेदवारलाई मत हाल्न जाने कार्यक्रम तय भएको बताइएको छ । बिहान ९ बजे उपस्थित हुन सबै सांसदहरूलाई सूचित गरिएको छ ।

जसपाका सङ्घीय सांसद १४ र प्रदेशसभा सदस्य २२ गरी ३६ मतदाता रहेका छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान भने रिक्त रहेको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  १९:४८
प्रतिक्रिया दिनुहोस्