ए डिभिजन लिग : सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

बुधबार, फागुन २४, २०७९

काठमाडौँ– काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा सातदोबाटोले एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सातदोबाटोले एपिएफलाई पराजित गर्ने क्रममा विदेशी खेलाडी विलियम ओपोकुले ५५ औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । 

त्यस्तै आजै दशरथ रंगशलामा भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै हिमालयन शेर्पा क्लबले पहिलो जित निकालेको छ ।  

खेलमा शेर्पाले पुलिसलाई समान १–० गोल अन्तरले पराजित गरेको छ । शेर्पाका लागि अमृत श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गरेको गोल निर्णायक बनेको थियो ।

लिगमा बिहीवार दुई खेल हुनेछन् । पहिलो एन्फा कप्लेक्समा न्युरोड टिम (एनआरटी) र जावलाखेल युथ क्लब तथा दोस्रो च्यासल मैदानमा त्रिभुवन आर्मी र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतिक्रिया दिनुहोस्