युक्रेनलाई सैन्य सहायता गर्दै पोल्याण्ड 

बुधबार, फागुन २४, २०७९

वार्स– पोल्याण्डले युक्रेनलाई थप सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । सैन्य सहायताअन्तर्गत दश वटा लियोपार्ड ट्यांक युक्रेनलाई प्रदान गरिने पोल्याण्डले आज बताएको हो ।

युक्रेनले पोल्याण्डबाट प्राप्त हुने लियोपार्ड ट्यांकहरू रुसी आक्रमणको सामना गर्न महत्वपूर्ण हुने जनाएको छ ।
 
युरोपेली संघका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन स्टकहोम प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै पोल्याण्डका रक्षामन्त्री मारिसाज ब्लासजाकले युक्रेनलाई प्रदान गरिने युद्ध ट्याङको मर्मतसम्भारका निम्ति आवश्यक व्यवस्था पनि युक्रेनमा नै  गरिने जानकारी उनले दिए । 

यसअघि पोल्याण्डले जर्मनीमा निर्मित चारवटा लियोपार्ड हेभी ट्यांक किभलाई उपलव्ध गराएको थियो ।

पोल्याण्डका रक्षामन्त्रीले जर्मनीका आफ्ना समकक्षीसँग युक्रेनलाई थप सैन्य सहायता प्रदान गर्ने सम्बन्धमा पनि स्टकहोममा छलफल गर्ने बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०५:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार