४ अर्ब २५ करोडको लागुऔषध बरामद

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ –भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा ४ अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ ।

इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र ५ जना पक्राउ परेका प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो ।

पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्