भीषण वर्षापछि पहिरो जाँदा इन्डोनेसियामा ११ जनाको मृत्यु

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ –इन्डोनेसियामा मुसलधारे वर्षापछि पहिरो जाँदा ११ जनाको मृत्यु भएको छ ।

पहिरोका कारण ५० जना भन्दा बढी मानिसहरू वेपत्ता भएको इन्डोनेसियाको विपत व्यवस्थापन निकायले जनाएको हो । राष्ट्रिय विपत व्यवस्थापन निकायका अनुसार इन्डोनेसियाको रिउ टापुमा मात्रै पहिरोले अधिकांश घरहरु पुरिंदा सयौं घरबारविहीन बनेका छन् ।

इन्डोनेसिमा मुसलधारे वर्षा अझै जारी रहेकोले सर्वसाधारणलाई थप सतर्कता अपनाउन भनिएको छ । इन्डोनेसियामा हरेक वर्ष पहिरोबाट ठूलो मानवीय क्षति हुने गरेको छ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार