बालुवाटारमा माओवादी पृष्ठभूमिका पार्टीहरूको बैठक बस्दै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– प्रधामन्त्री निवास बालुवाटारमा आज माओवादी पृष्ठभूमिका नेताहरूको बैठक बस्न लागेको छ ।

बैठकमा माओवादीले २०५२ मा सुरु गरेको १० वर्षे सशस्त्र युद्धमा सँगै सहभागी भएका माओवादी पृष्ठभूमिका पार्टीहरूको सहभागी हुनेछन् । 

बैठक बिहान साढे ८ बजेपछि सुरु हुने भनिएको थियो । यद्यपि, बैठक केही ढिलोगरी सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही वर्षअघि द्धन्द्धकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए । यसबारे उनले दिएको अभिव्यक्तिविरुद्ध सर्वोच्चमा मुद्दा हाल्न पाइने फैसला हालै भएको थियो ।

यसपछि फागुन २१ मा माओवादी घटकका नेताहरू प्रचण्ड, डा बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवलगायत एउटै मञ्चमा देखिएका थिए । उनीहरूले जनयुद्धको बचाउ गर्दै सबै मिल्नुपर्ने संकेत गरेका थिए । यसपछि बस्न लागेको हो ।

बैठकमा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट पार्टी, माओवादी समाजवादी पार्टीका नेताहरू सहभागी हुने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्