तराई–मधेसमा आज होली मनाइँदै

मंगलबार, फागुन २३, २०७९

काठमाडौँ– तराई–मधेसका जिल्लाहरूमा आज रंगहरूको पर्व फागु पूर्णिमा अर्थात् होली मनाइँदै छ ।

काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रमा सोमबार होली ानाइएको थिया। तराई–मधेसमा एकदिनपछि मनाउने चलनअनुसार आज मनाइँदै छ ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । 

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्