एकदिवसीयमा भीम सार्कीले बनाए पहिलो अर्धशतक

सोमबार, फागुन २२, २०७९

काठमाडौँ- मध्यक्रमका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन् । 
युएईविरुद्ध आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा चौथो क्रममा आएका उनले ७९ बलको सामना गर्दै ५३ रन बनाएका हुन् । सार्कीले नेपाली राष्ट्रिय टिमबाट अहिलेसम्म पाँचवटा ओडीआई खेलेका छन् । पाँचौँ ओडीआईमा उनले अर्धशतकसहित व्यक्तिगत उच्च स्कोर बनाएका हुन् । 


 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्