नेता उपाध्यायको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिने

सोमबार, फागुन २२, २०७९

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मिनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

आज दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । 

गत शनिबार शंखमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

दिवंगत उपाध्याय पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्