ओखलढुङ्गामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

आइतबार, फागुन २१, २०७९

काठमाडौँ –ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् ।

चिसङ्खुगढी गाउँपालिका–३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको  ना १ ज ८४७३ नम्बरको जीप आइतबार बिहान दियालेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुर्घटनामा मिनबहादुर श्रेष्ठ र भक्तबहादुर थापाको मृत्यु भएको हो ।

जीपमा ११ जना यात्रु थिए । दुर्घटनामा तीर्थ लक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलक कुमारी श्रेष्ठ र चालक सुमन कार्की घाइत भएका हुन् ।

घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाण्डौ ल्याइएको छ । घाइते भएका धेरैजसोको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्