प्रकृतिमा मैले फुल्नु पर्छ [ तस्बिर कथा ]

शनिबार, फागुन २०, २०७९

प्रकृति नै हुँदैन थियो भने जन्मिनु र रमाउने प्रक्रिया पनि सम्भव हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन ।

समयानकुल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल खडा भइरहन्छ । त्यसैले त प्रकृतिको यो स्वरूपलाई सबैले मन पराउँछन् । समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारूप हो ।

सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौँ । दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नाम जत्तिकै सुन्दर छ । यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ तर प्रकृतिको संरक्षण गर्दैनौँ । 

गत असोजदेखि राम्रोसँग नेपालको परिवेशमा वर्षा हुन सकेको छैन । तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन । यदि प्रकृतिले पनि मानव जाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो ?

त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ । हामी मानव जातिले पनि प्रकृति झैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन ।

आफ्ना हरेक सन्ततिलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान् छ । हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ ।

सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शीतलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुनगुनाइरहन्छ, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगत्लाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ ।

मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, म माथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छोड्नु हुँदैन, मैले बग्न छोड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन । 

मलाई काँडाले प्रहार गर्नेमाथि पनि फूलले जवाफ फर्काउनु छ र सबैलाई आफूसँगै साथमा लैजानु छ । 

Greenery-DSC_5298_0ATL39lVtd1677914478.jpg

Greenery-DSC_5028_CfqSYEpc5d1677914494.jpg

Greenery-DSC_5009_II9lmI1VRE1677914508.jpg

Greenery-DSC_5006_zRIQzW9zEv1677914526.jpg

Greenery-DSC_4983_vnnMY9Q8Dp1677914542.jpg

Greenery-DSC_4983_fxD7nLjMAw1677914557.jpg

Greenery-DSC_4871_QJPj1xqiu01677914577.jpg

Greenery-DSC_4870_3nY7CO00121677914594.jpg

Greenery-DSC_4859_pujWMIHRuR1677914608.jpg

Greenery-DSC_4851_m7eLRBxetz1677914627.jpg

Greenery-DSC_4845_AmCypeukPw1677914643.jpg

Greenery-DSC_4572_gOwz89bzCi1677914658.jpg

Greenery-DSC_4552_gIRmeRkp831677914670.jpg

सबै तस्बिर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १२:५८
प्रतिक्रिया दिनुहोस्