नेभिगेशन
समाचार

राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गरिन् : उपाध्यक्ष अर्याल

काठमाडौँ –राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन् ।

बिहीबार सिंहदरबास्थित आफ्नो कार्यकक्षमा संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरूसँगको कुराकानीमा उनले एमालेले जुन विधेयक लगेपनि पास गर्ने तर अन्य पार्टीले लगेको विधेयक पास नगर्ने गतिविधिका कारण राष्ट्रपति एमालेको मात्रै भएको बताइन् ।

नागरिकता विधेयक राष्ट्रपतिले संसदबाट दुई पटक पास गरेर लैजाँदा समेत फर्काउनु गलत भएको उनको दाबी छ । 

उपाध्यक्ष अर्यालले राष्ट्रपतिले राष्ट्रपति जस्तो पदमा बसेर अरुको इसारामा नागकिरता विधेयक रोकेको दाबी गरिन् ।

राष्ट्रपति भइसकेपछि सबै पार्टीलाई अभिभावकत्वको हिसावले हेर्नुपर्ने उल्लेख गर्दै अर्यालले राष्ट्रपति भण्डारीले नागरिकता विधेयकको सवालमा कार्यकारी अधिकार नै प्रयोग गर्ने हिसावले अघि बढेको आरोप लगाइन् ।

उपाध्यक्ष अर्यालले संवैधानिक पदमा रहेका व्यक्तिहरुले पदको मर्यादा जोगाउन नसके अहिलेसम्मका आन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको पनि बताइन् । संवैधानिक पदमा रहेका व्यक्तिले पार्टीभन्दा माथि उठेर राष्ट्रहितलाई सर्वोच्चतामा रोखर काम गर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार