नेभिगेशन
समाज विविध

पृथ्वीबहादुर शाह : ५६ जनाबाट ४५ लाख डलर ठगी

४ वटा मुद्दा चलाउन सिफारिस

काठमाडौँ– पृथ्वीबहादुर शाहको समूहले ५६ जना व्यक्तिबाट ४५ लाख अमेरिकी डलरभन्दा बढी ठगी गरेको फेला परेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट सो तथ्य फेला परेको हो ।

शाहसतिको समूहले ५६ जना व्यक्तिबाट ४५ लाख ४६ हजार ६३९ अमेरिकी डलर ठगी गरेको फेला पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जानकारी दिएको छ ।

शाहको समूहले ठगी गरेको सो रकम नेपालमा स्विफ्टमार्फत् प्राप्त गरेको देखिएको हो । यसमध्ये कुमारी, एनसिसी, ग्लोबल आइएमईलगायत बैंकले उनले ल्याएको अवैध रकम १५ लाख ६० हजार ५७७ अमेरिकी डलर भने अझै पनि होल्ड गरेर राखेका छन् । शाहले ३५ करोड ८६ लाख ६२ हजार रुपैयाँ भने खातामा डिपोजिट गर्न भ्याएका थिए । 

शाहको समूहमा रहेका व्यक्तिहरूले संगठित रूपमा अवैध सम्पत्ति आर्जन गर्ने उद्देश्यले २४ भन्दा बढी कम्पनी स्थापना गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । 

उनको समूहले रिमोट एक्सेसबाट पीडितको डिभाइसमार्फत बैंक एकाउन्टमा पहुँच पु¥याई उनीहरूको बैंकमा रहेको रकम नेपाल र थाइल्यान्ड पठाउने गरिएको पाइएको छ ।

सिआइबीले उनीहरूविरुद्ध ४ प्रकारका मुद्दा चलाउन सिफारिस गरेको छ । ठगी, लिखतसम्बन्धी कसुर, सहकारी ठगी र संगठित अपराधअन्तर्गतको कानुन आकर्षित हुने उसले जनाएकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध