अनेरास्ववियुले भन्यो– प्रचण्ड नेतृत्वको सरकार ‘कठपुतली’

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ‘कठपुतली’को संज्ञा दिएको छ । 

भारतबाट आउने तरकारीको विषादी परीक्षण गर्ने प्रस्ताव रोकेको भन्दै अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

‘प्रचण्ड नेतृत्वको वर्तमान कठपुतली सरकारले भारतबाट आउने तरकारीमा विषादी परीक्षण नगरी नेपाली बजारमा भित्र्याउने कदमप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष समिक बडालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विषादीयुक्त तरकारी बिनापरीक्षण आयात गर्दा जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने र उक्त तरकारीमा जीवनाशक विषादीको अवशेष भेटिने विषय जानकारी हुँदाहुँदै पनि भारतीय व्यापारी रिझाउन परीक्षण रोक्नु र नेपाली कृषकको उत्पादनले बजार नपाएर सडकमा नै फाल्दा सरकार रमिते हुनु दुःखद् पक्ष हो ।’ 

सरकारको रबैयाप्रति आन्दोलनको मैदानमा उत्रिन पनि अनेरास्ववियुले आह्वान गरेको छ ।

big1677660557.jpg

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्