जेनिशा मानन्धरको ‘लस्ट लेटर्स’ सार्वजनिक

बुधबार, फागुन १७, २०७९

काठमाडौँ– लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक गरिएको छ ।

काठमाडौँमा मंगलबार आयोजित समारोहमा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाईं, कवि उषा शेरचन, प्रदेशसभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

नेप्लिज फेसन होमद्वारा आयोजित विमोचन समारोहमा एमाजनद्वारा प्रकाशित अंग्रेजी भाषाको उक्त उपन्यास विमोचन गरिएको हो ।

श्रेयस्कर डंगोलद्वारा कभर डिजाइन गरिएको उक्त उपन्यासलाई एमाजन अथवा अमेजनका उत्पादनहरू बेच्ने तेस्रो पक्षका विक्रेताहरूमार्फत अनलाइन रूपमा खरिद गर्न सकिने लेखिका मानन्धरले बताएकी छिन् ।

‘लस्ट लेटर्स’ मा समावेश गरिएको कथालाई विभिन्न कालखण्डमा सेट गरिएको छ । एउटा अहिलेको आधुनिक संसारको हो भने अर्को त्यो समयको कथा हो, जब विदेशीहरूले काठमाडौँमा सान्त्वना पाएका थिए, जसलाई हिप्पी युग पनि भनिन्छ । 

लस्ट लेटर्स भाग्यले बाँधिएका तथा दुरीबाट प्रभावित भएका ४ फरक व्यक्तिहरुको प्रेम कथा हो ।

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १३:१९
प्रतिक्रिया दिनुहोस्