एफए कप फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी

बुधबार, फागुन १७, २०७९

काठमाडौँ –ब्रिस्टोल सिटीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पाँचौ चरणको खेलमा सिटीले ब्रिस्टोललाई ३–० ले हराउँदै सिटी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

एफ.ए कप पाँचौ चरणको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै फुल्हम पनि क्वाटरफाइनलमा उक्लिएको छ । यसैगरी स्टोक सिटीलाई १–० ले हराउँदै ब्राइटन तथा लेस्टर सिटीलाई २–१ ले हराउँदै ब्ल्याकबर्न रोभर्स पनि अन्तिम आठमा प्रवेश गरेका छन् ।


 

प्रकाशित मिति: बुधबार, फागुन १७, २०७९  १०:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार