बन्यो च्यासल रंगशाला [तस्बिर कथा]

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा गरेका छन् । 

मंगलबार ललितपुरको च्यासल रंगशाला उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्न पनि खेल क्षेत्र महत्वपूर्ण रहेको बताए ।

खेलकुदले राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्दै उनले सरकारको तर्फबाट देशका सबै प्रदेशमा, सबै पालिकामा पनि खेल पूर्वाधार निर्माण गर्न नीति, योजना र कार्यक्रम बनाएको बताए । 

च्यासल रंगशाला उद्घाटनसँगै कलाकार र एन्फा पदाधिकारीबीच खेल पनि भएको छ । रंगशाला १० हजार दर्शक क्षमताको छ ।

ललितपुर महानगरपालिका –९ मा पर्ने वाग्मती नदी किनारको करिब ४९ रोपनी क्षेत्रफलमा फैलिएको च्यासलमा दीर्घकालीन महत्त्वको रंगशाला बनाइएको हो । २०७४ वैशाखमा डाँफे प्रेररा प्रतिष्ठा जेभीसँग २ वर्षमा काम सम्पन्न गर्ने गरी नयाँ सम्झौता भएको थियो । 

pm41677579844.jpg

pm51677579867.jpg

pm31677579889.jpg

pm21677579913.jpg

pm11677579930.jpg

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्