१५ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण मागियो

मंगलबार, फागुन १६, २०७९

काठमाडौँ –१५ कम्पनीलाई कालोसूचीमा राख्न स्पष्टीकरण माग गरिएको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले व्यवसायी तथा आपूर्तीकर्ताहरूलाई किन कालोसूचीमा नराख्ने भन्दै सूचना जारी गरिएको हो । 

सरकारी ठेक्कामा सहभागी भइ काम अपलत्र पार्ने कम्पनीलाई सम्बन्धित निकायले कालोसूचीमा राख्न सिफारिस गरेका १५ कम्पनीको नाम सार्वजनिक गरेको हो । 

अहमद मियाको अहमद हुसेन कन्स्ट्रक्सन, वंसिधर गुप्ताको गुप्ता निर्माण सेवा दाङ, नविन खनालको केपी कन्स्ट्रक्सन अर्घाखाँची, प्रमिला थापा ओम शान्ति निर्माण सेवालाई लिखित स्पष्टीकरण दिन कार्यालयले माग गरेको छ । 

त्यस्तै, गिताञ्जली निर्माण र खुसी निर्माण सेवा, कमोद कन्स्ट्रक्सन प्रालि, गौत ऋषि कन्स्ट्रक्सन, फैसल एन्ड अफजल कन्स्ट्रक्सन, सम्बुद्ध सप्लायर्स, चन्दन एन्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्सलाई पनि स्पष्टिकरण सोधिएको छ । 

कार्की किचन, सर्जिकोम डिस्ट्रिब्युटर्स, सुरज जेनरल अर्डर सप्लायर्स र फेव नेपाल प्रालिलाई किन कारबाही नगर्ने भनी कार्यालयले स्पष्टिकरण मागेको हो ।

स्पष्टिकरण सोधिएका कम्पनीले ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्