स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी र समाजवादीबीच तालमेल

सोमबार, फागुन १५, २०७९

काठमाडौँ –स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीनिकट नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ ।

राजधानीमा सोमबार उनीहरूले चुनावी तालमेलको घोषणा गरेका हुन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले अखिल (क्रान्तिकारी) र नेपाल समाजवादी विद्यार्थी युनियनबीच स्ववियु निर्वाचनमा चुनावी तालमेलको घोषणा गरेको जानकारी दिइन् । 

स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । 
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्