थुनामुक्त भए पल शाह

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– उच्च अदालत पोखराले सफाइ दिएसँगै अभिनेता पल (पूर्णविक्रम) शाह आज थुनामुक्त भएका छन् । 

बालयौन दुरुपयोगको मुद्दामा दोषी ठहर भइ जेल सजाय भोगिरहेका अभिनेता शाहको मुद्दामा आइतबार उच्च अदालत पोखरामा सुनुवाइपछि सफाइ पाएपछि उनी आज तनहुँ कारागारबाट जेलमुक्त भएका हुन् । 

शाहलाई उनका कानुन व्यवसायी कमलामोहन वाग्ले र परिवारका सदस्यले जिम्मा लिएको स्रोतले जनाएको छ ।

उनलाई परिवार र समर्थकले फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए । 

शाह थुनामुक्त हुँदा उनीहरूले खादा र माला लगाएर पलको स्वागत गरेका थिए ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले जिल्ला अदालत नवलपरासी पूर्वको फैसला बदर गर्दै शाहमाथि लगाइएको अभियोग दाबी नपुग्ने फैसला आइतबार सुनाएको थियो ।

शाहलाई एक नाबालिग गायिकाले बलात्कारको मुद्दा लगाएकी थिइन् ।  
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्