नेविसंघ सुनसरीको सभापतिमा प्रमोद भट्टराई

सोमबार, फागुन १५, २०७९

सुनसरी– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सुनसरी सभापतिमा प्रमोद भट्टराई चयन भएका छन् ।

नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पाले भट्टराईलाई जिल्ला सभापति चयन गरेका हुन् । संघको विधान २०२७ को पहिलो संशोधन २०७५ अनुसार ३ महिनाभित्र जिल्ला अधिवेशन गराउने गरी भट्टराईलाई नेतृत्व प्रदान गरिएको हो ।

यसअघि २०७४ मङ्सिरमा मन्दीप भट्टराईको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । २०७४ फागुनभित्र एकाइ, क्षेत्र र जिल्ला अधिवेशन गराउने सहमतिसहित गठन भएको भट्टराई नेतृत्वको समितिले अधिवेशन गराउन सकेन ।

सोही समितिलाई पुनः २०७५ वैशाख ६ गते सम्मका लागि समय थप भएको थियो । भट्टराई नेपाली कांग्रेस इटहरी उपमहानगर समिति सचिव निर्वाचित भएपछि बुद्धहाङ लिम्बूलाई कार्यवाहकको जिम्मेवारी प्रदान गरिएको थियो ।

२०६५ सालदेखि नेपाल विद्यार्थी संघ जनता बहुमुखी क्याम्पसमा आबद्ध रहेर विद्यार्थी राजनीति गर्दै आएका भट्टराई २०७१ सालमा सो क्याम्पसको एकाइ सभापति भएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:५७
प्रतिक्रिया दिनुहोस्