Nic Ad Nic Ad
Nic Ad Nic Ad

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सोमबार, फागुन १५, २०७९

काठमाडौँ– संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ ।

राष्ट्रियसभाको आजको बैठक मध्याह्न १२ः३१ बजे सुरु हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ । 

यस्तै, राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभासमक्ष पेस गर्ने, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूची पनि छ । 

यसैगरी, दलित समुदायका विभेद र उत्पीडनहरूको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा भुवनबहादुर सुनार प्रस्तावक र सुरेशकुमार आले मगर, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लवार, सिंहबहादुर विश्वकर्मा, जगतबहादुर पार्की, राधेश्याम पासवान, जगप्रसाद शर्मा, प्रमिलाकुमारी, प्रकाश पन्थ, देवेन्द्र दाहाल, भगवती न्यौपाने, जयन्तीदेवी राई, तारामान स्वाँर, विमला घिमिरे, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलवासे समर्थक भई दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले जसपा सांसद शहनाज रहमानको मृत्युमा शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूची छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्