राष्ट्रपति उम्मेदवारविरुद्ध परेन उजुरी

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– राष्ट्रपति पदका उम्मेदवारहरूविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको जनाएको हो ।

नयाँ राष्ट्रपतिका लागि पूर्वसभामुखद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङले शनिबार उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका वरिष्ठ नेता पौडेलले ८ दलको समर्थनमा उम्मेदवारी दिएका छन् भने एमालेले उपाध्यक्ष नेम्वाङलाई राष्ट्रपतिको उम्मदेवार बनाएको छ ।

राष्ट्रपति चुनाव फागुन २५ गतेका लागि निर्धारण गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्