राष्ट्रियसभाद्वारा सांसद रहमानको मृत्युप्रति शोक प्रस्ताव पारित

आइतबार, फागुन १४, २०७९

काठमाडौँ– राष्ट्रियसभाले जनता समाजवादी पार्टी, नेपालका प्रतिनिधिसभाका सांसद शहनाज रहमानको मृत्युप्रति शोक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभा बैठकले सांसद रहमानको मृत्युप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । 

झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमान जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सांसद थिए । हृदयाघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा फागुन १३ गते उनको मृत्यु भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १२ बजेर ३१ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्