दुर्गा प्रसाईँ एमालेबाट निष्कासित

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –नेकपा एमालेले दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गरेको छ ।

शनिबार बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

एमाले प्रदेश १ कमिटीले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । पार्टीको नीति सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उनलाई कारबाही गरिएको हो ।

केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनलाई पार्टीबाट हटाउनुपर्ने माग उठ्दै आएको थियो । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईँले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन् ।

यस्तै एमालेले अर्थ तथा योजना विभागको सचिवमा डा. प्रकाश भट्टलाई मनोनयन गरेको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्