राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जसपाको निर्णय

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।

शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो ।

यसैगरी उपराष्ट्रपति जसपाले पाउने गठबन्धन दलहरूबीच सैद्धान्तिक सहमति भए पनि पार्टी बैठकमा उपराष्ट्रपतिको उम्मेदवारको विषयमा छलफल नभएको उनको भनाइ छ ।

राष्ट्रपतिमा गठबन्धनको तर्फबाट कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले)को तर्फबाट सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय भएको छ । आजै मनोनयन दर्ता हुनेछ । 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्