राष्ट्रपतिमा दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा

शनिबार, फागुन १३, २०७९

काठमाडौँ– नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा (एमाले)ले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । 

यससँगै, राष्ट्रपतिको निर्वाचनमा दुई पूर्वसभामुखले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

पौडेल २०५१ देखि ५६ सम्म प्रतिनिधिसभाको सभामुख बनेका थिए । यस्तै उनी उपप्रधानमन्त्री पनि बनिसकेका छन् ।

साथै, उनले गृह, शान्ति तथा पुनर्निमाण, स्थानीय विकासजस्ता मन्त्रालय सम्हालिसकेका छन् । 

यता, एमालेका उपाध्यक्ष नेम्वाङ २०६४ र ७० गरी दुईपटक संविधानसभाको अध्यक्ष भए । साथै, उनी पुनःस्थापित संसद्, अन्तरिम संसद्सहित चारपटक सभामुख पनि भए ।

उनी पूर्वकानुनमन्त्री समेत हुन् । 

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:४१
प्रतिक्रिया दिनुहोस्