परिवर्तित समीकरणले सरकार पनि फेरबदल हुन्छ : उपेन्द्र यादव

शनिबार, फागुन १३, २०७९

जनकपुरधाम –जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनलाई लिएर समीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर गर्ने बताएका छन् ।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने बताए  ।

उनले अब आफ्नो पार्टी पनि सरकारमा सहभागी हुन तयार रहेको र नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने उल्लेख गरे ।

राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको उनले दावी गरे । अध्यक्ष यादवले अब हुने सत्ता समीकरणले प्रदेशले थप अधिकार पाउने जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्